आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिबलाई २० वर्ष जेल सजाय

एपी खबर २०७७ आश्विन २०, मंगलबार ( ५ साल अघि) ४२३ पाठक संख्या

एजेन्सी : माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिबलाई २० वर्ष जेल सजाय सुनाइएको छ ।

माल्दिभ्सको अदालतका अधिकारीका अनुसार उनलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा सजाय तोकिएको हो । अदिब पूर्व राष्ट्रपति अब्दुल्ला यमिनको घनिष्ठ सहयोगीका रुपमा रहेका थिए ।

फौजदारी अदालतले उनलाई सत्तामा रहेका समय राज्यको पर्यटन प्रवद्र्धकबाट घुस स्वीकार गरेको आरोपमा एक लाख २९ हजार अमेरिकी डलर जरिवानासहित जेल सजाय सुनाएको हो । उनीमाथि रिसोर्ट निर्माण तथा विकासका लागि टापु भाडामा दिने र पर्यटन कम्पनीबाट राज्यलाई २ करोड ६० लाख डलरको घाटा हुने गरी निर्णय गरेको अभियोग लागेको थियो ।

अदिब उपराष्ट्रपति रहेका समय राष्ट्रपति रहेका यमिनलाई सन् २०१३ देखि २०१८ सम्मको उनको कार्यकालमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर भएपछि गत वर्षको नोभेम्बरदेखि नै ५ वर्ष जेल सजाय सुनाइएको थियो । यमिन अहिले पनि जेलमै छन् ।

अदिबले अदालती सुनुवाइका क्रममा लेनदेनको आधारमा मुद्दालाई आफ्नो पक्षमा पार्न खोजेको आरोप अदालतका अधिकारीले लगाएका छन् । पूर्व पर्यटनमन्त्री रहेका अदिवलाई यमिनले उप राष्ट्रपति नियुक्त गरेका थिए ।

गतवर्ष अगस्टमा भ्रष्टाचार आरोप लागेका अदिबले अवैध रूपमा देश छोडी छिमेकी मुलुक भारतमा शरण लिन चाहेका थिए । भारतले शरण नदिने बताएपछि आरोपमाथिको सुनुवाइका लागि उनलाई माल्दिभ्सतर्फ नै फर्काइएको थियोे ।

प्रतिक्रिया दिनुहोस