आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाले ९ सय ८६ जनाको मृत्यु

एपी खबर २०७७ आश्विन २१, बुधबार ( ५ साल अघि) ३८७ पाठक संख्या

नयाँदिल्ली : भारतमा पछिल्लो २४ घण्टामा कोरोनाले ९ सय ८६ जनाको मृत्यु भएको छ । योसंगै मृतकको संख्या १ लाख ४ हजार ५ सय ५५ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ ।

एकै दिनमा भारतमा थप ७२ हजार ४९ जनाको अवधिभर संक्रमण पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको संख्या ६७ लाख ५७ हजार १३१ पुगेको छ ।

त्यसै गरी सो अवधिभर ८२ हजार २०३ जना संक्रमण मुक्त भएका छन । भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ लाख भन्दा बढी रहेको छ भने ९ लाख ७ हजार ८८३ एक्टिभ केश रहेका छ ।

पछिल्लो २४ घण्टामा ११ लाख ९९ हजार ८५७ कोरोना परीक्षण भएकोमा छ । हालसम्म कुल ८ करोड २२ लाख ७१ हजार ६५४ जनाको कोरोना परीक्षण भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस