आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अर्णब गोस्वामीको रिपब्लिक सहित तीन टेलिभिजले पैसा दिएर टिआरपी बढाएको खुलासा

एपी खबर २०७७ आश्विन २३, शुक्रबार ( ५ साल अघि) ४९९ पाठक संख्या

मुम्बई प्रहरीले अर्णव गोस्वामीको रिपब्लिक टिभीसहित तीन टेलिभिजनलाई पैसा दिएर टिआरपी बढाएको आरोपमा छानबिन थालेको छ। मुम्बई प्रहरीकाअनुसार पैसा दिएर समाचार च्यानलको टिआरपी बढाएको बारे अनुसन्धान भइरहेको छ।

 

मुम्बई प्रहरी कमिसनर परमवीर सिंहले बिहीबार पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएका छन्। प्रहरीलाई अहिलेसम्म तीनवटा च्यानलले अनधिकृत टिआरपी बढाएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ।

 

टिआरपीका आधारमा टेलिभिजनमा विज्ञापन प्राप्त हुने र दरमा समेत प्रभाव पार्ने भएकाले टिआरपीप्रति टेलिभिजन संचालको मोह बढी छ।पैसा दिएर टिआरपी बढाएकै आरोपमा मराठी भाषामा संचालन हुने २ टिभी च्यानलका संचालक पक्राउ परेको समेत प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस