आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

हङकङकी प्रदर्शनकारी वोङलाई नजरबन्दमा राखियो, चीनको राष्ट्रिय गान गाउन लगाइयो

एपी खबर २०७७ कार्तिक २, आईतबार ( ५ साल अघि) ४३१ पाठक संख्या

हङकङको प्रमुख मानिएकी प्रदर्शनकारी अलेक्जेन्ड्रा वोङले आफूलाई मुख्यक्षेत्र चीनमा घरमै एकवर्ष नजरबन्दमा राखिएको बताएकी छिन्।

 

हराइरहेकी भनिएकी उनी १४ महिनापछि हङकङ आइपुगेकी हुन्। उनको घर चीनको सेनजेनमा छ। उनी हङकङम पनि बस्दै आएकी छिन्।

 

६४ वर्षकी वोङलाई हङकङमा ‘हजुरआमा वोङ’ भनेर चिनिन्छ। उनी बेलायती झण्डा बोकेर हङकङ सरकार र मुख्यक्षेत्र चीनविरुद्ध प्रदर्शन गर्थिन्।

 

गतवर्ष हङकङमा सरकारविरुद्ध ठूलो प्रदर्शन भएको थियो। सो क्रममा उनी बेलायतको झण्डा बोक्दै हङकङलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको आन्दोलनमा सामिल भएकी थिइन्।

 

गतवर्षको अगष्टदेखि उनको खबरबारे खेबखर थिए। त्यसयता उनी हराइरहेकी थिइन्। अगष्ट १४ मा उनलाई सेनजेन जाने क्रममा प्रहरीले गिरफ्तार गरेको उनले पत्रकार सम्मेलनमा हालै बताएकी छिन्।

 

यसवर्षको अक्टोबर २ मा मात्र हङकङ आउन पाएकी उनले भनिन्,‘आफूलाई मुख्यक्षेत्र चीनका प्रहरीले फेरि हङकङको प्रदर्शनमा भाग नलिन भनेका छन्।’

 

उनका अनुसार गत सेप्टेम्बर महिनामा उनलाई चिनियाँ अधिकारीहरुले पाँच दिने देशभक्ति सम्बन्धी शिक्षा पनि प्रदान गरेका थिए।

त्यहाँ उनलाई चीनको झण्डा बोक्न लगाएर चीनको राष्ट्रिय गान पनि गाउन लगाइएको थियो।

उनका अनुसार प्रहरीले जमानतमा छाडेपछि उनी सेनजेनमै घरमा नजरबन्दमा थिइन्। हालैमात्र उनलाई हङकङ आउन दिइएको हो। एससीएमपी

प्रतिक्रिया दिनुहोस