आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा थपिए ५४ हजार ४ सय २२ कोरोना संक्रमित

एपी खबर २०७७ कार्तिक ५, बुधबार ( ५ साल अघि) ३२० पाठक संख्या

नयाँ दिल्ली भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५४ हजार ४२२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७६ लाख ४९ हजार १५८ पुगेको हो ।

 

संक्रमितमध्ये अहिलेसम्म ६७ लाख ९२ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । ७ लाख ४० हजार ६५८ जनाको उपचार भइरहेको छ । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघेको छ ।

 

पछिल्लो २४ घण्टामा भारतमा थप ७१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १५ हजार ९५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस