आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वभर एकैदिन ४ लाख ८९ हजारमा संक्रमण, २ लाख ३९ हजार निको

एपी खबर २०७७ कार्तिक ८, शनिबार ( ५ साल अघि) ४४४ पाठक संख्या

काठमाडौं – विश्वभर एकैदिन ४ लाख ८९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

 

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८९ हजार ७५७ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ४ करोड २४ लाख ६९ हजार ७८३ पुगेको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ५८४ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १४ लाख २२ हजार ३५३ पुगेको छ ।

 

यस्तै एकै दिन थप ६ हजार ५२६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ४९ हजार ११८ पुगेको छ ।

 

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८७ लाख ४६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

 

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७८ लाख १३ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ५५ पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

 

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४७ हजार ४८८ जनाको मृत्यु भएको छ । ७९ लाख ८८ हजार ५१२ जना संक्रमित भएकोमा ३३ लाख ८६ हजार ७५९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस