आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

रअ प्रमुखपछि भारतीय सैन्य प्रमुख नरवाणे नेपाल आउँदै

एपी खबर २०७७ कार्तिक ११, मंगलबार ( ५ साल अघि) ४७२ पाठक संख्या

भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन।आगामी नोभेम्बर ४ देखि नरवाणेको नेपाल भ्रमण तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।

 

गत साता भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आए लगत्तै भारतीय अर्को सुरक्षा निकाय प्रमुखको नेपाल भ्रमण हुन लागेको हो।

 

गोयलले प्रधानमन्त्रीसँग गरेको भेट कुटनीतिक मर्यादा विपरित भएको भन्दै नेपालमा चर्को आलोचना भइरहेको छ।पीटीआईका अनुसार नरवाणेले नेपालमा तीनदिन बिताउँनेछन्। सोक्रममा उनले नेपालका समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापालगायत उच्च पदस्थ व्यक्तिसम्म भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

 

नेपाल र भारतबीच कालापानी लगायत क्षेत्रमा सिमा विवाद रहेका बेला भारतीय सैन्य प्रमुखको नेपाल भम्रणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।नरवाणेले नेपाल-भारत खुला सिमालाई व्यवस्थित गर्ने लगायत विषयमा नेपाली अधिकारीसँग छलफल गर्ने पीटीआईले जनाएको छ।

प्रतिक्रिया दिनुहोस