आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिका र भारतसँगको विवादबीच चीनमा कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक सुरु

एपी खबर २०७७ कार्तिक ११, मंगलबार ( ५ साल अघि) ३६८ पाठक संख्या

अमेरिका र भारतसँग विभिन्न विषयमा विवाद भइरहँदा चीनमा कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक सुरु भएको छ।

 

सोमबारदेखि चीनमा देशको मुख्य चुनौतीहरुको विषयमा छलफल गर्न कम्युनिस्ट पार्टीको महत्वपूर्ण मानिएको बैठक सुरु भएको हो। १४ औं पञ्चवर्षीय योजना अन्तर्गत बैठक बोलाइएको छ।

 

चार दिनसम्म चल्ने यस बैठकले पाँच वर्षको आर्थिक र सामाजिक विकासको नीति तय गर्नुका साथै अन्तर्राष्ट्रिय चुनौतीहरुलाई कसरी सामना गर्ने भन्ने विषयमा योजना बनाउनेछ।

साथै यस बैठकले सन् २०३५ सम्मको योजना पनि तयार पार्ने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस