आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अष्ट्रेलियाको मेलबर्नमा दोस्रोपटक लगाइएको लकडाउन १११ दिनपछि अन्त्य

एपी खबर २०७७ कार्तिक १३, बिहिबार ( ५ साल अघि) ३५५ पाठक संख्या

मेलबर्न : अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन बुधबारदेखि अन्त्य गरिएको छ ।

 

 

कोरोना संक्रमण फैलिएसँगै जुलाई ९ देखि दोस्रोपटक गरिएको लकडाउन एक सय ११ दिनपछि अन्त्य गरिएको हो ।

 

 

लकडाउन अन्त्य भएसँगै त्यहाँका स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरिएको त्यहाँको स्थानीय समाचारहरुले जनाएको छ ।

 

 

‘कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन जस्तो गाह्रो भएको थियो,’ स्थानीय एक बासिन्दाले भने ।

 

 

भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठानहरु खुल्ला भएका छन् भने कामदारहरुले काममा फर्किन थालेका छन् ।

 

 

लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड गर्न पाइने छनै । साथै मास्क नलगाइ नहिँड्न भनिएको छ । त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ ।

 

 

सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् ।

 

 

भिक्टोरिया अष्ट्रेलियामा कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको केन्द्र बनेको थियो ।

प्रतिक्रिया दिनुहोस