आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

‘अल्ला हु अकबर’ भन्दै फ्रान्समा चक्कु आतंक, महिलाको शिर काटियो!

एपी खबर २०७७ कार्तिक १३, बिहिबार ( ५ साल अघि) ४४४ पाठक संख्या

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले मुस्लिम धर्मबारे विवादस्पद अभिव्यक्ति दिएसँगै फ्रान्सको चर्चमा बिहीबार चक्कु आक्रमण भएको छ।

 

 

यस आक्रमणमा ३ जनाको मृत्यु हुनुको साथै कयौं घाइते भएको फ्रान्सका संचारमाध्यमलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।आक्रमणकारीले ‘अल्ला हु अकबर’ भन्दै चक्कु प्रहार गरेको बताइएको छ। यस घटनामा एक महिलाको शिर काटिएको पनि बताइएको छ।

 

 

निस शहरका मेयर क्रिस्टियन इस्टरोसीका अनुसार नोट्रे डेम चर्च नजिकै आक्रमण भएको हो।यस घटनालाई प्रहरीले आतंकवादी आक्रमण भनेका छन्। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिइसकेको छ।यसै महिनाको सुरुवातमा मुस्लिम अतिवादीले फ्रान्सेली शिक्षकको शिर काटेर हत्या गरेका थिए। त्यसको केही समयमै फ्रान्समा फेरि चक्कु आक्रमणको घटना भएको हो। यसपटक पनि एक महिलाको शिर काटिएको छ।

प्रतिक्रिया दिनुहोस