आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित

एपी खबर २०७७ मंसिर १२, शुक्रबार ( ५ साल अघि) ३५० पाठक संख्या

एजेन्सी- बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् ।

 

पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको छ ।

 

‘काबोरले मतदानको पहिलो चरणमै ५७.८७ प्रतिशत मत ल्याएर पुनःराष्ट्रपतिमा निर्वाचित भएका छन्,’ स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले भने ।

 

राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गरेको पनि निर्वाचन आयोगले जनाएको छ ।

 

उनीसँगै प्रतिस्पर्धामा उत्रिएका इडी कोम्बोइगोले जम्मा १५.४८ प्रतिशत मत ल्याएर दोस्रो भएका छन् । अर्का उम्मेवार जेफिरिन डिएब्रेले १२.४६ प्रतिशत मत मात्रै पाएका छन् ।

प्रतिक्रिया दिनुहोस