आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रम्प ह्वाइटहाउस छाड्न तयार

एपी खबर २०७७ मंसिर १२, शुक्रबार ( ५ साल अघि) ३८५ पाठक संख्या

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेजले जो बाइडेनलाई आगामी राष्ट्रपतिका रुपमा औपचारिक पुष्टि गरे ह्वाइटहाउस छाड्ने बताएका छन् ।

 

हिजो (विहिबार)पत्रकारसँग कुरा गर्दै उनले निर्वाचनमा हार स्वीकार गर्न कठिन हुने बताएका थिए । गत ३ नोभेम्बरमा भएको निर्वाचनमा भएको पराजय स्वीकार गर्न उनले अस्वीकार गर्दै आएका थिए ।

 

उनले मतदानमा धाँधली भएको पनि दोहोर्याए । निर्वाचनमा बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेका छन् । कूल मतमा पनि बाइडेन ट्रम्पभन्दा ६० लाख मतले अगाडि रहेका छन् ।

 

इलेक्टोरल मतको अन्तिम निर्णयका लागि आगामी डिसेम्बरमा बैठक हुनेछ भने १४ डिसेम्बरमा इलेक्टोरल कलेजले बाइडेनको जितको पुष्टि गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस