आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा कोरोनाले १ लाख ३६ हजारभन्दा बढीको मृत्यु

एपी खबर २०७७ मंसिर १३, शनिबार ( ५ साल अघि) ३५६ पाठक संख्या

काठमाडौँ– भारतमा कोरोना भाइरसको संक्रमणले १ लाख ३६ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ४३८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३६ हजार १९० पुगेको हो ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या पनि ९३ लाख नाघेको छ ।डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ४१४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ४९ हजार २८५ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ८७ लाख ५७ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस