आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा पछिल्लो २४ घण्टामा ४४४ कोरोना संक्रमितको मृत्यु

एपी खबर २०७७ मंसिर १५, सोमबार ( ५ साल अघि) ३६७ पाठक संख्या

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा ४४४ कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार १७७ पुगेको छ ।

 

यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ ।डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

 

संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख ३२ हजार ३९ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ४६ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस