काठमाडौं : विश्वभर कोरोनाले महामारीको रुप लिएपछि सुरक्षित रहेको सन्देश दिन ३ जना अमेरिकी पूर्वराष्ट्रपतिहरुले खोप लगाउने भएका छन् ।
उनीहरुले एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । पूर्वराष्ट्रपतिहरु जर्ज डब्ल्यू बुस, बिल क्लिन्टन र बाराक ओबामाले एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने भएका हुन् ।
अमेरिकी समाचार संस्थाहरुका अनुसार उनीहरुले टेलिभिजनमा प्रत्यक्ष प्रसारणसहित खोप लगाउने छन् । बेलायतले खोप प्रयोगको अनुमति दिसकेको अवस्थामा अमेरिकामा पनि खोप स्वीकृत हुने चरणमा छ ।
अमेरिकी नियामक निकायले स्वीकृति दिएको अवस्थामा खोपमाथिको विश्वास कायम गर्नका लागि तीन पूर्वराष्ट्रपतिले लगाउने भएका हुन् । यसअघि नै राष्ट्रपतिको निर्वाचनमा निर्वाचित भएर ह्वाइट हाउस प्रवेशका लागि पर्खिरहेका वाइडेन र ह्यारिसले खोप लगाउने बताइसकेका छन् ।
निर्वाचनमा पराजय भोगेका वर्तमान राष्ट्रपति ट्रम्पले भने खोपका विषयमा आफ्नो धारणा सार्वजनिक नगरेको एजेन्सीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस