आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौं : उत्तर कोरियामा कोरोनाविरुद्धको नियम उल्लंघन गर्ने एक व्यक्तिलाई सार्वजनिकस्थलमै गोली हानेर मृत्युदण्ड दिइएको छ । गत नोभेम्बर २८ मा उत्तर कोरियाका फायरिङ स्क्वाडले सरकारको आदेशमा कोरोनाको नियम पालना नगर्ने ती व्यक्तिलाई गोली हानेको रेडियो फ्रि एसियाले उल्लेख गरेको छ । कोरोनाका कारण उत्तर कोरियाले चीनसँगको सीमा बन्द गरेको छ । सीमामा व्यापार गर्न बन्देज छ भने नदीहरुमा कोरोनाको संक्रमण नपुगोस् भनेर माछा मार्न दिइएको छैन । कोरोनाको प्रकोपकाबीच चिनियाँ सीमामा तस्करी गरेको आरोपमा ती व्यक्तिलाई गोली हानिएको जनाइएको छ । उत्तर कोरियाले हालसम्म आफ्नो देशमा एक व्यक्तिमा पनि कोरोनाको संक्रमण नभएको दाबी गर्दै आएको छ । हालै मात्र उत्तर कोरियामा २ जना सरकारी अधिकारीहरुलाई कोरोनाको नियम उल्लंघन गरेको भन्दै मृत्युदण्ड दिइएको थियो । एजेन्सी

एपी खबर २०७७ मंसिर २०, शनिबार ( ५ साल अघि) ५०४ पाठक संख्या

काठमाडौं : उत्तर कोरियामा कोरोनाविरुद्धको नियम उल्लंघन गर्ने एक व्यक्तिलाई सार्वजनिकस्थलमै गोली हानेर मृत्युदण्ड दिइएको छ ।

 

गत नोभेम्बर २८ मा उत्तर कोरियाका फायरिङ स्क्वाडले सरकारको आदेशमा कोरोनाको नियम पालना नगर्ने ती व्यक्तिलाई गोली हानेको रेडियो फ्रि एसियाले उल्लेख गरेको छ ।

 

कोरोनाका कारण उत्तर कोरियाले चीनसँगको सीमा बन्द गरेको छ । सीमामा व्यापार गर्न बन्देज छ भने नदीहरुमा कोरोनाको संक्रमण नपुगोस् भनेर माछा मार्न दिइएको छैन ।

 

कोरोनाको प्रकोपकाबीच चिनियाँ सीमामा तस्करी गरेको आरोपमा ती व्यक्तिलाई गोली हानिएको जनाइएको छ । उत्तर कोरियाले हालसम्म आफ्नो देशमा एक व्यक्तिमा पनि कोरोनाको संक्रमण नभएको दाबी गर्दै आएको छ ।

 

हालै मात्र उत्तर कोरियामा २ जना सरकारी अधिकारीहरुलाई कोरोनाको नियम उल्लंघन गरेको भन्दै मृत्युदण्ड दिइएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस