आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

लण्डनमा चौथो चरणको प्रतिबन्ध, क्रिसमस मनाउन नपाउने

एपी खबर २०७७ पौष ५, आईतबार ( ५ साल अघि) ३२५ पाठक संख्या

लण्डन : कोरोना महामारीका कारण बेलायतमा राजधानी लण्डनसहित केही क्षेत्रमा चौथो चरणको कडा प्रतिबन्ध घोषणा गरिएको छ ।

 

शनिबार राति भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री बोरिस जोन्सनले पहिले बनाइएको योजनाअनुसार यसपटक क्रिसमस मनाउन नपाउने बताए । पूर्वी र दक्षिणपूर्वी इंग्ल्याण्डका केही क्षेत्रमा आइतबारदेखि लागू हुने गरी २ सातासम्म प्रतिबन्ध लगाइएको छ ।

 

प्रतिबन्ध लागू गरिएका क्षेत्रमा मानिसहरुलाई आवश्यक नभएसम्म घरबाट बाहिर ननिस्कन भनिएको छ । घरबाट बाहिर निस्कँदा एकभन्दा बढी मानिसलाई नभेट्न पनि निर्देशन दिइएको छ ।

 

बेलायत सरकारले यसअघि क्रिसमसका बेला ५ दिन प्रतिबन्धहरु खुकुलो बनाएको जनाए पनि महामारी बढ्दै गएपछि एक दिनमा सिमित गरिएको छ ।

 

प्रधानमन्त्री जोन्सनले प्रतिबन्ध लागू गरिएका क्षेत्रमा क्रिसमसका दिन बाहिरी मानिससँग भेटघाट नगर्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस