आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सुडानमाथिको अमेरिकी कारबाही अन्त्य गर्ने प्रस्ताव पारित

एपी खबर २०७७ पौष ७, मंगलबार ( ५ साल अघि) ५७४ पाठक संख्या

वासिङ्टन : अमेरिकी संसदले सुडानमाथि लाग्दै आएको आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ ।

 

यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको हो । सन् २००१ को सेप्टेम्बरमा अमेरिकी दूतावासहरुमा आक्रमणको दोष अमेरिकाले सुडानमाथि लगाउँदै आएको थियो ।

 

उक्त घटनामा भएको जनधनको क्षतिबापत करोडौं डलर क्षतिपूर्ति तिर्न सुडान सरकार तयार भएपछि अमेरिकाले सुडानमाथिका प्रतिबन्धहरु हटाउन मञ्जुर भएको थियो ।

 

सुडानमाथि आतंकवादीलाई प्रश्रय दिने राष्ट्रको सूचीबाट सुडानलाई अमेरिकाले गत साता हटाएको थियो । सुडानले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्न सहमति जनाएको दुई महिना नपुग्दै अमेरिकाले उक्त निर्णय गरेको हो ।

 

कोरोनाभाइरस महामारीको चपेटामा परेर आर्थिक संकटमा परेको सुडान अहिले राजनीतिक संक्रमणकालमा रहेको छ । अमेरिकाले सुडानलाई आर्थिक सहायता, ऋण मोचन र लगानीका लागि पनि सघाउने जनाएको छ । सुडानलाई अमेरिकाले ७० करोड आर्थिक सहायताका साथै अन्तर्राष्ट्रिय मुद्रा कोषलाई भुक्तानी गर्नुपर्ने थप १२ करोड डलर ऋण चुक्ता गर्न अमेरिकाले सघाउने जनाएको छ ।

 

अमेरिकामा रहेका सुडान सरकारका बैंक खाताहरु पनि अब खुला हुने भएका छन् । सुडानसँगको सम्झौतामा सुडानले १९९८ मा केन्या र तान्जानियास्थित अमेरिकी राजदूतावासमा अलकायदाद्वारा भएका हमलाका पीडितलाई क्षतिपूर्तिबापत ३३ करोड ५० लाख डलर भुक्तानी गर्न सहमति जनाएको थियो ।

 

उक्त हमलाहरु सुडानका तत्कालीन राष्ट्रपति ओमार अल-बसिरको शासनकालमा भएका थिए जतिबेला आतंकवादी संगठन अलकायदाका नेता बिन लादेन सुडानमा थिए ।

प्रतिक्रिया दिनुहोस