आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा पुनः कर्फ्यु जारी

एपी खबर २०७७ पौष ९, बिहिबार ( ५ साल अघि) ५४२ पाठक संख्या

काठमाडौं : कोरोना महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा पुनः कर्फ्यु जारी गरिएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरिएको हो ।

 

तर, कर्फ्युरातको समयमा मात्रै लागू हुने भएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कर्फ्यु आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।

 

यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कर्फ्यु आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कर्फ्यु लगाएको हो ।

 

महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कर्फ्यु लगाइएको अधिकारीहरूले जनाएका छन् ।

 

नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

 

कर्नाटकका स्वास्थ्यमन्त्री डा के सुधाकरले डिसेम्बर २३ देखि जनवरी २ सम्म रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आह्वान गरेका छन् ।

 

भारतको कर्नाटकमा मात्रै अहिलेसम्म कोरोनाभाइरसका कारण १२ हजार २९ जनाको मृत्यु भएको छ भने कूल १४ हजार १४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस