आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बाइडेन राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित

एपी खबर २०७७ पौष २३, बिहिबार ( ५ साल अघि) ३४२ पाठक संख्या

काठमाडौं : अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ ।

 

स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो ।

 

उनका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाए । शुरुदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्याएका थिए । हिंसामा ४ जनाको ज्यान गएको कारण बैठक अवरूद्ध भएको थियो ।

 

स्थितिलाई नियन्त्रणमा लिएपछि बसेको बैठकले बाइडेनको जितको प्रमाणित गरेको हो । उपराष्ट्रपति माइक पेन्सले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने घोषणा गरे । बाइडेनले जनवरी २० मा राष्ट्रपतिको सपथ लिने छन् ।

प्रतिक्रिया दिनुहोस