आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकी संसद हिंसामा मृतकको संख्या चार पुग्यो, ५२ पक्राउ

एपी खबर २०७७ पौष २३, बिहिबार ( ५ साल अघि) ४८२ पाठक संख्या

अमेरिकाको राजधानी वासिंगटनमा रहेको संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले गरेको आक्रमणका क्रममा चार जना प्रदर्शनकारी मारिएका छन् ।

 

वासिंगटन प्रहरीले थप तीन जना प्रदर्शनकारी मारिएको पुष्टि गरेको छ । प्रहरीका अनुसार एक महिलाको प्रदर्शनका क्रममा मृत्यु भएको हो भने अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार अहिलेसम्म प्रहरीले ५२ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये ४७ जनालाई कफ्र्यु तोडेको आरोपमा पक्राउ गरिएको हो ।

 

संसद भवनभित्रै प्रहरीको गोली लागेर सान डिएगोकी एसली बेबिटको मृत्यु भएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनी अमेरिकी वायुसेनामा समेत काम गरेकी महिला हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस