आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पासपोर्टको मामिलामा विश्वका सबैभन्दा शक्तिशाली देश जापान

एपी खबर २०७७ पौष २५, शनिबार ( ५ साल अघि) ४५३ पाठक संख्या

काठमाडौं : जापानको पासपोर्ट संसारको सबैभन्दा बलियो पासपोर्ट बनेको छ ।जापानको पासपोर्ट बोकेका मानिसहरु बिना अग्रिम भीसा संसारका सर्वाधिक देशमा जान सक्छन् । यस मामिलामा विश्वका सर्वाधिक आय भएका देश, विश्वका अग्रणी इकोनोमी भएका अमेरिका र चीन पनि जापानभन्दा पछाडि रहेका छन् ।

 

पासपोर्टको ‘ग्लोबल र्याङ्किङ’ मा जापानको पासपोर्ट १ नम्बरमा रहेको छ । ‘हेनली एण्ड पार्टनर्स’ ले प्रकाशित गरेको वर्ष २०२१ को ‘पासपोर्ट इन्डेक्स ग्लोबल ‘र्याङ्किङ’मा जापान १ नम्बरमा पुगेको हो ।

‘आईएटीए’ ले उपलब्ध गराएको तथ्याङ्कअनुसार जापानको पासपोर्ट धारकले विश्वका १९१ देशमा अग्रिम भीसा नलिई प्रवेश गर्न सक्छन् । विश्वको महाशक्ति मानिने अमेरिकाको पासपोर्टलाई ‘ग्लोबल इन्डेक्स’ मा ७ औं स्थान प्राप्त भएको छ ।

 

चीन भने यस सूचीमा ७० औं स्थानमा रहेको छ । ‘हेनली एण्ड पार्टनर्स’ को ‘ग्लोबल पासपोर्ट र्याङ्किङ’ मा शीर्ष तीन स्थानमा एशियाली देश रहेका छन् । जापान एक नम्बरमा छ ।

 

सिंगापुरले दोस्रो स्थान पाएको छ । सिंगापुरको पासपोर्ट ‘भीसा अन एराइभल’ को सुविधा पाउँछन् । सूचीमा तेस्रो स्थान दक्षिण कोरिया र जर्मनीले संयुक्त रूपमा ओगटेका छन् । यी दुबै पासपोर्टलाई १८९ देश घुम्न अग्रिम भीसा चाहिँदैन ।

 

नेपालको दक्षिण छिमेकी भारत भने ‘ग्लोबल इन्डेक्स’ मा ८५ औं नम्बरमा रहेको छ । संसारका ५८ देशले भारतीयहरुलाई ‘भीसा अन एराइभल’ को सुविधा दिन्छन् ।

 

यसैगरी उत्तरी छिमेकी चीनको पासपोर्ट ७० औं स्थानमा छ । चिनियाहरुलाई विश्वका ७५ देश घुम्न अग्रिम भीसा आवश्यक पर्दैन । अमेरिका भने यस सूचीमा ७ औं नम्बरमा रहेको छ । अमेरिकाका अतिरिक्त बेल्जियम, न्यूजील्याण्ड, नार्वे, स्विट्जरल्याण्ड, इङ्गल्याण्ड ७ औं स्थानमा रहेका छन् ।

 

यो पासपोर्ट बोक्नेले विश्वका १८५ देशमा अग्रिम भीसा बिना प्रवेश गर्न सक्छन् । यस सूचीमा अफगानिस्तान भने सबैभन्दा पुछार ११० औं नम्बरमा रहेको छ । त्यहाँको पासपोर्टलाई जम्मा १६ देशमा ‘भीसा अन एरभाईल’ को सुविधा छ ।

 

अर्को सार्क देश पाकिस्तान सूचीमा तलबाट चौथो स्थानमा रहेका छ । १०७ औं नम्बरमा रहेको पाकिस्तानको पासपोर्ट ३२ देशले अग्रिम भीसा नलिई प्रवेश गर्न दिन्छन् । नेपाल भने यस सूचीमा पाकिस्तानभन्दा केही माथि १०४ नम्बरमा रहेको छ । नेपालीले ३८ देशमा भीसा नलिई जान सक्छन् ।

 

बांग्लादेश १०१ औं नम्बरमा रहेको छ । त्यहाँको पासपोर्टलाई ४१ देशमा अग्रिम भीसा चाहिँदैन । श्रीलंका १०० नम्बरमा छ त्यहाँको पासपोर्टलाई ४२ देशले अग्रिम भीसाको बाध्यतामा राखेका छैनन् । भुटानको ९० औं स्थान रहेको छ । त्यहाँका पासपोर्ट धारकले ५३ देशमा भीसा नलिई जान सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस