आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा गुजरातमा १३ जनाको मृत्यु

एपी खबर २०७७ माघ ६, मंगलबार ( ५ साल अघि) ४१९ पाठक संख्या

भारतको गुजरातमा ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।

 

 

यो दर्दनाक घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा सोमबार राति यो घटना भएको हो । उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् ।

 

प्रहरीले घाइतेहरुमध्ये धेरैजसोको अवस्था गम्भीर रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस