आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा २४ घण्टामा ८५ संक्रमितको मृत्यु, १० हजार ५१० जनामा संक्रमण

एपी खबर २०७७ माघ २८, बुधबार ( ५ साल अघि) ४०५ पाठक संख्या

काठमाडौँ–  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार २८० पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ८५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार २८० पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार ५१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख ५८ हजार ३०० पुगेको छ ।

 

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५ लाख ५९ हजार ६०४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४३ हजार ४१३ छ ।

प्रतिक्रिया दिनुहोस