आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदर्शनकारीलाई २० वर्ष जेल हाल्ने कानुन ल्याउँदै म्यानमारको सेना

एपी खबर २०७७ फागुन ४, मंगलबार ( ५ साल अघि) ६७३ पाठक संख्या

एजेन्सी । म्यानमारमा सैन्य ‘कू’विरुद्ध आवाज उठाउनेमाथि सेनाले कडा कारबाही गर्ने भएको छ । विद्यमान कानुन परिमार्जन गरी सेनाले प्रदर्शनकारीलाई २० वर्षसम्म जेल हाल्ने चेतावनी दिएको छ । निर्वाचित सरकारलाई अपदस्थ गरी कू गरेको सेनाले कानुन परिमार्जन गरी नागरिक अधिकारमाथि थप अंकुश लगाएको हो ।

परिमार्जित कानुनअनुसार अब बोलेर, लेखेर वा साङ्केतिकसहित कुनै पनि रूपमा सेनाप्रति घृणा बढाउने काम गरेको पाइए जेल सजायसहित जरिवाना हुनेछ । त्यस्तै सर्वसाधारणमा डर वा अशान्ति पैदा गर्न खोजेको पाइएमा तीन देखि सात वर्षसम्म जेल सजाय हुने समाचारमा जनाइएको छ ।

 

सेनाले फेब्रुअरी १ मा प्रजातान्त्रिक नेतृ आङ सान सूकीसहितका नेताहरुलाई नजरबन्दमा राखेको छ । सूकी सहितका नेताहरुको रिहाइ र प्रजातन्त्रको पुनर्बहालिको माग गर्दै म्यानमारका जनताले प्रदर्शनलाई चर्को बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस