आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतको मध्यप्रदेशमा बस दुर्घटना :मृतकको संख्या ५१ पुग्यो, ४ जना अझै बेपत्ता

एपी खबर २०७७ फागुन ५, बुधबार ( ५ साल अघि) ४३४ पाठक संख्या

भारतको मध्यप्रदेशअन्तर्गत सिधी जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु भएकाको संख्या ५१ पुगेको छ।

 

भारतीय पत्रिका दैनिक भास्करका अनुसार मंगलबार बिहान ६२ यात्रु लिएर सतना भन्ने स्थानतर्फ गइरहेको बस २२ फिट गहिरो वाणसागर नहरमा खसेको हो। तीमध्ये ५१ जनाको शव भेटिएको हो। सात यात्रु भने ज्यान जोगाउन सफल भएका छन्। अझै ४ जना बेपत्ता छन्। उनीहरू नहरमा बगेको आशंका गरिएको छ।

मृतक १६ जनाको उमेर २५ वर्ष तथा यसभन्दा मुनि छ। ५१ शव पोस्टमार्टम भइसकेको छ।

बसका चालक पनि पौडेर ज्यान जोगाउन सफल भएका छन् भने उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस