आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सेनाको कदमविरुद्ध म्यानमारको याङ्गुनमा प्रदर्शन, सवारी आवागमन ठप्प

एपी खबर २०७७ फागुन ६, बिहिबार ( ५ साल अघि) ६३७ पाठक संख्या

एजेन्सी । सेनाले सत्ता हातमा लिएको विरोधमा हजारौँ प्रदर्शनकारीहरूले म्यानमारका विभिन्न शहरहरूमा प्रदर्शन गरिरहेका छन्। याङ्गुन शहरमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन्।

 

अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको छ। म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाएका छन् जसमा कम्तीमा एक जना घाइते भएको बताइएको छ। प्रदर्शनकारीहरूले नेत्री आङ सान सू चीसहित अन्य जननिर्वाचित नेताहरूको रिहाइको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।

 

बुधवार आयोजना गरिएका प्रदर्शनले याङ्गुनको ट्राफिक व्यवस्थालाई लगभग निष्क्रिय पारिदिएको थियो। सामाजिक सञ्जालमा जानाजान सडक अवरुद्ध पार्न गरिएको आह्वानले बुधवार बिहानैबाट बल पाउन थालेको थियो।

 

सरकारी कर्मचारीलाई कार्यालय जान अनि सुरक्षा निकायहरूको हिँडडुल प्रभावित पार्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको जनाइएको छ। ‘रोड ब्लकिङ् डे’ भनिएको विरोध कार्यक्रमका क्रममा सवारी साधनका बोनट खोलिएको र ठाउँ ठाउँमा गाडी तेर्साएको देख्न सकिन्थ्यो । (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस