आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

इक्वेडरमा तीन वटा छुट्टाछुट्टै कारागारमा भएको झडपमा कम्तिमा ७५ जनाको मृत्यु

एपी खबर २०७७ फागुन १२, बुधबार ( ५ साल अघि) ४७० पाठक संख्या

एजेन्सी – इक्वेडरमा तीन वटा छुट्टाछुट्टै कारागारमा भएको झडपमा कम्तिमा ७५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

 

हिजो मंगलबार विरोधी समूहबीच झडप हुँदा ७५ जनाको ज्यान गएको र केही घाइते भएका समाचार संस्था अलजजिराले जनाएको छ । चक्कु र गोली प्रहारबाट यति धेरैको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

इक्वेडरको कुएङ्का, लाटाकुङ्गा र ग्वेकिल शहरका कारागारमा हिजाे रातिको समयमा झडप भएको हो । ८ सय प्रहरीको मद्दतमा प्रशासनले कारागारलाई आफ्नो नियन्त्रणमा लिएको छ । एउटा कारागारमा सुरक्षाकर्मीलाई कैदीहरुले बन्धक बनाएपछि झडप सुरु भएको खबरमा उल्लेख गरिएको छ । कारागारहरुमा केही एम्बुलेन्सहरु अझै देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस