आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण

एपी खबर २०७७ फागुन १४, शुक्रबार ( ५ साल अघि) ४४५ पाठक संख्या

काठमाडौँ– अमेरिकाले सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण गरेको छ ।

 

समाचार एजेन्सी संस्था रोयटर्सका अनुसार बिहीवार सो हवाई आक्रमण गरेको हो ।

 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चाल माध्यमले उल्लेख गरेका छन् ।आक्रमणमा के कति क्षति भयो भन्नेबारे खुलाइएको छैन ।

 

यसलाई इराकमा रहेको अमेरिकी सेनाको शिविरमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारवाहीका रुपमा लिइएको छ ।

 

गतहप्ता अमेरिकी सेनाको शिविरमा आक्रमण भएको थियो । उक्त आक्रमणमा परी चार अमेरिकी ठेकेदारसहित ६ जना घाइते भएका थिए भने र एक गैर–अमेरिकी ठेकेदारको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस