आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटका एक युवकको मलेसियामा हत्या

सुप्रिया ढकाल २०७८ श्रावण ३१, आईतबार ( ४ साल अघि) ३५४ पाठक संख्या

३१ श्रावण, रौतहट । मलेसिया रोजगारीका लागी गएका रौतहटका एक युवकको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका वडा नं. ६ पकहा खबरी टोल घर भएका अन्दाजी ३८ वर्षिय चन्द्रदेव यादवको मलेसियामा मृत्युु भएको हो ।

 

बिगत ७ बर्षदेखी रोजगारीको शिलसिलामा मलेसिया बस्दै आएका यादवको हत्या उनीसंगै बस्ने नेपाली साथीहरुले गरेको आशंका गरीएको छ । घटनालगतै फरार भएका यादवका ४ जना साथीमध्य मलेसिया प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । यादवका अन्य साथीहरुका अनुसार उनलाई आर्थीक प्रलोभनमा परी ति ४ जनाले हत्या गरिएको हो ।

 

अहिलेसम्म घटनाबारे केही ठोस प्रमाण नभेटिएको र थप विवरण आउन बाकी रहेकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस