आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अफगानिस्ताबाट २ सय ५१ जना नेपाली नागरीकलाई नेपाल झिकाईयो

एपी खबर २०७८ भाद्र १, मंगलबार ( ४ साल अघि) २६३ पाठक संख्या

काठमाण्डौ । हिंसाग्रस्त अफगानिस्तानमा अफ्ठ्यारोमा परेका नेपालीलाई नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । आज बिहान मात्रै अफगानिस्तानबाट २५१ जना नेपाली काठमाडौँ आइपुगेका छन् ।

 

मंगलबार बिहान सवा १० बजे १२७ जना र सवा ११ बजे १२४ जनागरी २५१ जना काठमाडौँ आइपुगेका हुन् । अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत हुँदै मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । गृहमन्त्री बालकृष्ण खाणले अफगानिस्तानमा अफ्ठ्यारोमा परेको नागरिकलाई उद्धार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

 

‘अफगानिस्तानबाट नेपालीलाई ल्याउन सुरु भइसकेको छ,’ गृहमन्त्री खाणलाई उदृत गर्दै निजी सचिव केसीले भने, ‘दुई पटकमा गरेर २५१ जना आइसकेका छन् । हाम्रा नागरिकलाई कुनै पनि हालतमा उद्धार गर्न सरकार प्रतिबद्ध छ ।

प्रतिक्रिया दिनुहोस