काठमाडौं । अफगानिस्तानबाट हालसम्म ८६० जना नेपाली उद्धार गरिएको छ । बिहीबार राति दुई र शुक्रबार थप एक जना नेपाली काठमाडौं आइपुग्दा अफगानिस्तानबाट नेपाल फर्किने नेपालीको संख्या ८ सय ६० पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका अन्य नेपालीलाई पनि स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले बताएको छ । नेपाल आइपुगेकाहरुलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।











प्रतिक्रिया दिनुहोस