आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अफगानिस्तानको पन्जशिरमा आफू विजयी भएको तालिबानको घोषणा, बिदोह्रि पक्षको भनाई, यो असत्य हो

एपी खबर २०७८ भाद्र २२, मंगलबार ( ४ साल अघि) ४७० पाठक संख्या

तालिबानले अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको भएको युद्धमा आफू विजयी भएको घोषणा गरेको छ।

 

तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो। उक्त समूहले सोमवार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको छ जसमा लडाकुहरूले तालिबानको झण्डोत्तलन गरेको देखिन्छ।

 

तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू ”सबै रणनीतिक स्थानमा” उपस्थित रहेको बताउँदै ”लडाइँ जारी राख्ने” जनाएको छ।
उक्त समूहका नेताले तालिबानविरुद्ध ”देशैभरि विद्रोह”को आह्वान गरेका छन्। तपाईँ जहाँकहीँ भए पनि, भित्र वा बाहिर, हाम्रो देशको गरिमा, स्वतन्त्रता र समृद्धिका लागि म तपाईँहरूलाई देशव्यापी विद्रोह सुरु गर्न आह्वान गर्छु,” उनले भने।

 

तालिबानले तीन हप्ताअघि अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको थियो। राजधानी काबुलमा उसले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस