आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

साउदी अरब सरकारको भिजन २०३० सफल रहोसः डा. अब्दुल गनि अल्कुफी

अजय मिश्र, कपिलबस्तु २०७८ आश्विन ७, बिहिबार ( ४ साल अघि) ५१६ पाठक संख्या

कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनि अल्कुफीले भिजन २०३० को प्रसंशा गर्नुभएको छ । साउदी अरब देशको ९१औ नेशनल डे (राष्ट्रिय दिवश)को अवसरमा कपिलवस्तुमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली र अल्कुफीले यस्तो भन्नुभएको हो ।

दिवशको अवसरमा आफ्ना जनतामा सुख, समृद्धि एवम् राष्ट्रको उत्तरोत्तर प्रगतिको कामना गर्दै साउदी अरब सरकारले देशको छुट्टै पहिचानका साथ विश्वको सबै भन्दा शक्तिशाली देश बनाउनका लागि भिजन २०३० ल्याएको हो । लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले साउदी अरबको ९१औ राष्ट्रिय दिवशको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस भन्ने भाव व्यक्त गर्नुभयो । उहाले निरन्तर रूपमा साउदी अरब र नेपाल देश बिचको मित्रता अझै प्रगाढ़ हुदै जाने विश्वास ब्यक्त गर्नुभयो ।

यस्तै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले लाखौ नेपाली जनतालाई साउदी सरकारले दिएको रोजगारीको सरहना गर्दै शिक्षा क्षेत्रमा समेत नेपालका विद्यार्थीले अवसर पाएकोमा साउदी सरकार र त्यहाँको जनता प्रति आभार व्यक्त गर्नुभयो । दिवशको उपलक्ष्यमा शुभकामना दिदै उहाले नेपाली जनताको सुख दुःखमा समेत साउदी सरकारको निरन्तर साथ र सहयोग रहने विश्वास ब्यक्त गर्नुभयो ।

यस्तै राष्ट्रीय मदरसा संघ नेपालका संस्थापक समिम अहमद नदवीले साउदी सरकारले नेपाल लाई कृषि, स्वास्थ्य लगायत अन्य क्षेत्रमा गरेको सहयोगको सरहना गर्नुभयो । कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर अहमद बरेलवी, सदस्य सहाबुद्दीन खान, सदस्य नियाजÞ अहमद, सल्लाहकार जाहिर आजाद झण्डानगरी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस