आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

४० हजार गित गाएर गिनिज वल्र्ड रेकर्ड कायम गर्ने एसपी बालासुव्रमण्यमको निधन

एपी खबर २०७८ आश्विन ९, शनिबार ( ४ साल अघि) ४२२ पाठक संख्या

दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुव्रमण्यमको निधन भएको छ । उनको ७४ बर्षको उमेरमा चेन्नइको अस्पतालमा आज निधन भएको हो । दक्षिण भारतमा आफ्नो पहिचान बनाएका यी गायकले सन् १९८१ मा रिलिज भएको हिन्दी चलचित्र ‘एक दुजे के लिए’मा स्वर दिएका थिए ।

उनले, भारतका सुपरस्टारहरु कमल हसन, रजनीकान्त, एमजीआर, साहरुख खान, सलमान खानका लागि गीत गाएका छन् । बालासुब्रमण्यम एक सफल डबिङ आर्टिस्ट पनि थिए । कमल हसनका धेरै तेलुगु चलचित्रमा उनले नै आवाज दिएका छन् ।

 

यी गायकले एक दिनमै २१ वटा कन्नड गीतमा आवाज दिएर रेकर्ड पनि बनाएका छन् । ४० हजार वटा गीत गाएर उनले गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएका भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस