काठमाडौँ- भारतीय प्रहरीको एउटा टोली काठमाडौंमा आएको छ । पञ्जावमा गोली हानी हत्या गरिएका भारतीय गायक सिद्धू मुसेवालाको हत्यारा खोज्न दिल्ली प्रहरीको विशेष टोली काठमाडौं आएको हो ।
सिद्धूको हत्यारामा संलग्न केही व्यक्तिको पहिचान भइसकेको र हत्यापछि नेपाल छिरेको सूचनाका आधारमा ‘दिल्ली स्पेसल सेल’को टिम काठमाडौंमा आएको हो ।
सिद्धूको हत्यापछि दिल्ली प्रहरीको एक टोली नेपाल आएको नेपाल प्रहरीका एकजना उच्च अधिकारीले बताए ।
हत्यामा संलग्न केही सुटरको पहिचान भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गर्दै उनीहरू हत्यापछि नेपाल भागेको आशंका गरिएको जनाएका छन् ।
प्रहरीका अनुसार दिल्ली प्रहरीले नेपाल प्रहरीको विशेष ब्यूरोका अधिकृतसँग सहकार्य गरेर हत्या आरोपीको खोजी गरिरहेको छ । तर, हत्यारा नेपालमा कतै लुकेको भन्ने अहिलेसम्म पुष्टि भएको छैन् ।
गत आइतबार पञ्जावी गायक तथा कांग्रेस आईका नेता सिद्धूको पञ्जावको मनासा जिल्लास्थित जवाहरेक गाउँमा हत्या भएको थियो । २८ वर्षीय सिद्धूलाई आक्रमणकारीले ३० राउण्ड गोली हानेका थिए ।











प्रतिक्रिया दिनुहोस