आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा आक्रमण गर्ने अल कायदाको धम्की

एपी खबर २०७९ जेष्ठ २५, बुधबार ( ३ साल अघि) २२४ पाठक संख्या

एजेन्सी – आतंककारी संगठन अल कायदाले भारतमा आक्रमणको धम्की दिएको छ । सत्तारुढ भारतीय जनता पार्टीका नेताले इस्लाम धर्मका पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै अल कायदाले भारतमा आक्रमणको धम्की दिएको हो ।

यो समूहले भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्न अपिल गरेको भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएको छ । भारतीय उपमहाद्वीपमा अल कायदा (एक्यूआइएस) समूहले यस्तो धम्की दिएको जनाइएको छ ।

६ जुनमा लेखिएको पत्रमा एक्यूआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको भारतीय समाचार पोर्टल इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

‘अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिशोधको भावना भरिएको’ अल कायदाले जनाएको छ ।

१० दिनअघि भारतको एउटा  समाचार च्यानलमा भाजपाकी प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेको बताइएको छ ।

उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला भाजपाका अर्का नेता नविन कुमार जिन्दलले पनि पैगम्बरबारे विवादास्पद ट्वीट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस