आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सामूहिक बलात्कारका आराेपीलाई जिउँदै जलाइयाे

एपी खबर २०७९ जेष्ठ २८, शनिबार ( ३ साल अघि) २६३ पाठक संख्या

एजेन्सी- भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई जिउँदै जलाइएको छ। घटना भएकाे थाहा पाएपछि भीडले मोटरसाइकलसहित ती युवाहरूलाई जिउँदै जलाएका हुन्। जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्। घटना जिल्ला सदरमुकामबाट करिब १५ किलोमिटर टाढा सदर प्रहरी चौकी क्षेत्रको बसुहा पञ्चायतको एउटा गाउँको हो।

 

मृत्यु हुनेमा सुनिल उराँव छन्। आशिष उराँवको अवस्था भने गम्भीर रहेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ। घटनापछि सो क्षेत्रमा तनाव बढेको छ। गाउँमा प्रहरीहरु बाक्लो रुपमा परिचालन गरिएको भाचरतीय सन्चार माध्यमहरुले जनाएका छन्। प्रहरीले बिहीबार बिहान पनि धेरैलाई सोधपुछ गरेको थियो।

 

स्थानीयवासीका अनुसार नाबालिका आमा बुवासँग लोहरदगाको भण्डारामा गएकी थिइन्। फर्कनका लागि आमाबुवा छोरीसँगै बस स्ट्यान्डमा उभिरहेका थिए। यसै क्रममा छिमेकी गाउँका साथीसहित ती युवा मोटरसाइकल लिएर आए। बाटोमा उभिनुको कारण परिवारलाई सोधे भने बालिकाका बुवाले बस कुरिरहेको बताए।

 

प्रतिक्रिया दिनुहोस