आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

यमनमा सेना र अलकयदा समूह बिच झडप हुँदा १६ जनाको मृत्यु

एपी खबर २०७९ भाद्र २२, बुधबार ( ३ साल अघि) २२४ पाठक संख्या

एजेन्सी । दक्षिण पश्चिम यमनमा अल–कायदा लडाकु र सेनाबीचको भिडन्तमा १६ जनाको मृत्यु भएको छ।

 

मंगलवार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र ६ जना आतंककारीको मृत्यु भएको सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अहवारको तटीय जिल्लामा थुप्रै सशस्त्र अल–कायदा बन्दुकधारीले भर्खरै भर्ना गरिएका सुरक्षा बेल्ट बलहरूले नियन्त्रणमा राखेको सुरक्षा चौकीमा आक्रमण गरेपछि ठूलो झडप भएको स्थानीय सैन्य अधिकारीले बताएका छन्।

घटनामा अन्य सैनिक पनि घाइते भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस