आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

इरानमा भइरहेकाे प्रदर्शनमा ज्यान गुमाउनेकाे संख्या ५० पुग्याे

एपी खबर २०७९ आश्विन ८, शनिबार ( ३ साल अघि) ३१३ पाठक संख्या

एजेन्सी- इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन थप चर्किएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबLच भएको पछिल्लो झडपमा परेर ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।

 

यसअघि १७ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक भएको थियो । गएको हप्ता अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया अमिनीको हिराशतमै ज्यान गएको थियो । त्यसपछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको हो ।

 

यो घटनालाई इरानमा भएका पछिल्ला आन्दोलनमध्ये एक ठूलो आन्दोलनका रूपमा हेरिएको छ । इरानले इन्टरनेटको पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप तथा इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलन थप चर्किएको बीबीसीले जनाएको छ ।

 

झडपमा केही सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् । एम्नेस्टी इन्टरनेसनलसहित मानवअधिकारवादी संघसंस्थाले प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको, अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस