आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारत उत्तर प्रदेशको कानपुर ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु

एपी खबर २०७९ आश्विन १६, आईतबार ( ३ साल अघि) २०५ पाठक संख्या

ट्रयाक्टरको ट्रली घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा खसेर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको भारतीय संचार माध्यामले जनाएका छन्।

कानपुरको जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले १४ जना महिला र बाँकी बालबालिकाको मृत्यु भएको जानकारी गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचार संस्था पीटीआईका अनुसार ट्रयाक्टरमा ५० जना सवार थिए। ट्याक्टरमा सवार सबैजना फतेहपुरको चन्द्रीका देवी मन्दिरमा मुन्डन (कपाल खौरीने) कार्यक्रममा सामेल भएर घाटमपुर फर्किरहेका थिए।

घटनास्थलमै १२ जनाको र अरुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ। प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले युद्धस्तरमा घटनास्थलमा उद्धार र राहतमा जोडिन निर्देशन दिइसकेका छन्।

राष्ट्रपति दोपद्री मुर्मुले घटना दुखद् भएको भन्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्। प्रधानमन्त्री मोदीले राष्ट्रिय राहत कोषबाट मृतकको परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार आर्थिक सहयोगको घोषणा पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस