आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतको उत्तरप्रदेशस्थित भदोहीको दुर्गा पंडालमा आगो लाग्दा ५ जनाको मृत्यु

एपी खबर २०७९ आश्विन १७, सोमबार ( ३ साल अघि) २३६ पाठक संख्या

एजेन्सी- भारतको उत्तरप्रदेशस्थित भदोहीमा आइतवार राति ८ बजे एक दुर्गा पंडालमा आगो लाग्दा ५ जनाको मृत्यु भएको छ। घटनामा परी तीन बालबालिका र दुई महिलाको मृत्यु भएको हो।

 

पंडालमा भगवान शंकर र काली माताको लीला मञ्चन भइरहेको बेला उक्त घटना भएको बताइएको छ। मञ्चमा १५० भन्दा बढी मानिहरु थिए। त्यही बेला मञ्चको दायाँतर्फ एकाएक आगो सल्किएको र २० सेकेन्डमै पुरै पंडालमा आगो फैलियो थियो। आगो फैलिएसँगै भागदौड मच्चिँदा धेरैजसो घाइते भए। उनीहरुलाई वाराणसी र प्रगायराज अस्पताल लगिएको थियो।

 

घटनामा परेका पाँच जनाको अस्पतालमा ज्यान गयो। ४७ जनाको अवस्था अझै गम्भीर रहेको भारतीय समाचार संस्थाहरुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस