आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

गैरआवासीय नेपाली संघ, युगाण्डाद्वारा दशै कार्यक्रम सम्पन्न 

एपी खबर २०७९ आश्विन २५, मंगलबार ( ३ साल अघि) २९७ पाठक संख्या

स्थापनाकाल देखि नै गैर(आवासीय नेपाली संघ युगाण्डा, ले हरेक बर्ष टिकाकै दिन हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमी पर्व मनाँउदै आई रहेको छ । कार्यक्रमलाई निरन्तरता दिन, यस बर्ष पनि भव्यताको साथ कार्यक्रम सम्पन्न भयो ।

 

युगाण्डाका लागि नेपाली अवैतानीक वाणिज्य दूतावासको हातेमालो र कांध(साथमा गैर(आवासीय नेपाली संघ युगाण्डाले आयोजना गरेको यस कार्यक्रममा नेपालका विभिन्न च्भबष्तिथ क्जयध हरुबाट अत्यन्तै चर्चा बटुलेकी नायिका, पत्रकार तथा कार्यक्रम संचालिका रिमा विश्वकर्मा, भारतीय श्भभ त्ख् बाट संचालित च्भबष्तिथ क्जयध ुसा रे गा मा पा लिटिल च्याम्प(द्दण्ज्ञढु बाट दोस्रो स्थान हासिल गर्न सफल, सबैको मनमुटुमा बसेका गायक प्रीतम आचार्य, नेपाल आईडल तेस्रो संस्करण त्यउ(ड सम्म रही, करोडौंको मन मुटुमा बस्न सफल गायिका रचना रिमाल, कोभिड कालमा नेपालको चर्चित मुल गीत ुफुलबुट्टे सारीु को विदेशी संस्करण अनुरुप स्वरांकन गरि सम्पुर्ण नेपालीको मन जित्न सफल युगाण्डाकी मोडल, नायिका र गायिका दि क्याप्टेन बियोन्से फामेसी को दमदार प्रस्तुति रहेको थियो ।

 

संघका अध्यक्ष बिनोद थापा को सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथी युगाण्डाका लागि नेपाली अवैतानीक वाणिज्यदुत डा। सुधिर रुपारेलिया हुनुहुन्थ्यो । डा। रुपारेलिया यस कार्यक्रमका प्रमुख प्रायोजक पनि हुनुहुन्थ्यो भनें रमा कलेक्सन र ब्अअगचबतभ क्भअगचष्तथ कम्पनी ले स्वर्णतहको प्रायोजन गर्नु भएको थियो । कास्यतहको प्रायोजनमा मेहेफिर क्यासिनो, मेघा इण्डष्ट्री, रिलायन्स सुपरमार्केट, क्रीयटन एन्ड प्रीन्ट्स ले गरेका थिए । त्यसै गरि ईष्ट अफ्रीकन प्याकेजिङ लिमिटेड , युनिमनी तथा श्याम कृष्ण मानन्धर ज्यु हरुले विशेष योगदान अनुरुपको प्रायोजन गरेको थियो । यसै गरि यसै कार्यक्रमको रात्रीभोज तथा कलाकारहरुलाई बिदाई कार्यक्रमका लागि रात्रीभोज तथा कार्यक्रम व्यवस्थापनमा विशेष योगदान तथा प्रायोजन अन्तरगत रात्रीभोजको व्यवस्थापन हिमालयन रेष्टुरेन्ट एण्ड बार ले गरेको थियो ।

 

अन्तर्राष्ट्रिय जगतमा नेपाली संस्कृतिको प्रवर्धन हेतु गरिएको उक्त कार्यक्रममा सम्भवतः अफ्रिका क्षेत्रमा पाकिस्तानी र भारतीय संगठनका पदाधिकारीहरुलाई एकैसाथ निमन्त्रण गरि एउटै छानामुनी गोलबन्द गरि मनोरञ्जन प्रदान गर्न सफल सायद यो नै पहिलो कार्यक्रम हुनुको साथै केही स्थानीय नागरीकहरुलाई पनि नेपाली कला(संस्कृतीको परिचय गराँउन सफल भएको थियो ।

 

नेपाली संस्कार र संस्कृतीको बढावा हेतु टिका(जमरा ग्रहण, बाल नृत्य, तथा विभिन्न सामुहिक नृत्य प्रस्तुती गरिएको थियो । बाल नृत्यमा अन्जिला श्रेष्ठ, प्रगती गिरि, बैदेही शर्मा, ईशानी गैरे को जोरदार प्रस्तुती रहेको थियो भने अन्य सामुहिक नृत्यमा बर्षा छेत्री, तारा गिरि, ममता बम, रन्जता पंगेनी, सुनिता बोगटी, कल्पना अर्याल तथा मुस्काँन अर्याल को प्रस्तुती थियो । त्यसै गरी रमा अर्याल को दुर्गाभाव नृत्य ले सबैको मन जित्न सफल भएको थियो । नेपाली राष्ट्रिय स्तरको गायनमा पाईला राखी सक्नु भएका स्थानिय कलाकारद्वय तेजेन्द्र विवस र रमेश कंडेल को पनि गायन प्रस्तुती रहयो ।

 

यस कार्यक्रममा संघका अध्यक्ष बिनोद थापा ले स्वागत मन्तव्य, डा। सुधिर रुपारेलिया ले शुभकामना मन्तव्य, तथा पुर्वाध्यक्ष जिवनाथ पंगेनी ले ल्च्ल्ब् बारे तथा धन्यवाद मन्तव्य दिनु भएको थियो भने पुर्वाध्यक्ष राजमणी भण्डारी ज्युलाई यसै कार्यक्रम बिच आफ्नो कार्यकाल द्दण्ज्ञठ(ज्ञढ सफलतापुर्वक सम्पन्न गर्नु भएकोमा कदर गर्दै सम्मानपत्र प्रदान गरियो ।
संगीत(साधना ईटहरीको आयोजना, गायक प्रीतमको साङ्गीतिक यात्रा सफलताको शुभकामना कार्यक्रमबिच ईटहरीका नगरप्रमुख हेमकर्ण पौडेलज्युले नेपाली अवैतानिक वाणिज्य दूतावासलाई पठाँउनु भएको नेपाली झण्डा गायक प्रीतमद्वारा डा। सुधिर रुपारेलियालाई यसै कार्यक्रम बिच हस्तान्तरण भयो । आभार अनि कृतज्ञता स्वरुप ईटहरी नगरपालिकालाई गैर आवासिय नेपाली संघ, युगाण्डाले पनि मायाको चिनो, गायक प्रीतमको पिताजी आदरणीय काशीनाथ आचार्य मार्फत पठाईएको छ ।

 

कार्यक्रमलाई सफल पार्न अहोरात्र खटेर अथक परिश्रम गर्नु हुने तारा गिरि, वर्षा छेत्री, नरेन शर्मा, प्रेम श्रेष्ठ, रमा अर्याल, निकु केसि, सन्जिव शर्मा , धनराज गिरि, तेजेन्द्र विवश तथा कार्यक्रमको निम्ती विभिन्न समयमा भएका सभा(बैठकहरुमा उपस्थिती जनाँउनु भएर आफ्नो अमुल्य सरसल्लाह र सुझावहरु पेश गर्नु हुने तेज बहादुर खड्का अनि ८राजु थापा लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरिदिनु हुने तथा कार्यक्रम सफल बनाँउन आफ्नो उपस्थिती तथा सहभागिता जनाई दिनुहुने सम्पुर्ण जनहरुमा तथा मुख्य भुमिका निभाँउनु हुने आमन्त्रित कलाकारहरूको बिदाई कार्यक्रममा बोल्नु हुदैं अध्यक्ष बिनोद थापाले धन्यवाद तथा हार्दिक नमन टक्र्याउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस