एजेन्सी-भारतकाे आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा तेलुगु देशम पार्टी (टिडिपी) को र्यालीमा भागदाैड मच्चिँदा ७ जनाकाे ज्यान गएकाे छ। मृत्यु हुनेमा सबै टिडिपीका कार्यकर्ता रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
र्यालीमा दर्जनाैँ घाइते भएका छन्। घाइतेहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ।र्याली टिडिपीका प्रमुख र आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री एन चन्द्रबाबु नायडूले आयोजना गरेका थिए।
पूर्वमुख्यमन्त्री नायडूले पथ प्रदर्शन गर्नेबेला हजाराैँकाे भीड उनकाे गाडी वरिपरि जम्मा भएकाे थियाे। साेही क्रममा भागदाैड सुरु भएकाे हाे।पार्टीले मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।











प्रतिक्रिया दिनुहोस