आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर बच्चासहित ६ जनाको मृत्यु

एपी खबर २०७९ माघ ३, मंगलबार ( ३ साल अघि) १७२ पाठक संख्या

क्यालिफोर्निया – क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

टुलारे काउन्टी शेरिफको कार्यालयका शेरिफ माइक बोउडरेउक्सले उक्त आक्रमण गिरोह र लागूऔषध हिंसासँग जोडिएको हुन सक्ने बताए । स्थानीय समयअनुसार सोमबार बिहान ३ : ३० बजेतिर दुईजना व्यक्तिले घरमा आक्रमण गरेको र धेरै गोली चलाएको प्रहरीले जनाएको छ ।

 

छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा घरभित्र र बाहिर मानिहरुको शव भेटिएको थियो । प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ ।संयुक्त राज्य अमेरिकामा सन् २०२१ मा बन्दुकको गोली लागेर ४९ हजार मानिसको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्या थिए ।

प्रतिक्रिया दिनुहोस