आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु

एपी खबर २०७९ माघ ८, आईतबार ( ३ साल अघि) २०८ पाठक संख्या

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु भएको छ । लस एन्जलसबाट करिब १२ किलोमिटर पूर्वमा रहेको मोन्टेरे पार्कमा गोली हानाहान भएको हो ।

 

चिनियाँ नयाँ वर्ष मनाउन हजारौं मानिसहरू भेला भएको ठाउमा गोली चलाइएको थियो । घाइतेको संख्या कति छ भन्नेबारे प्रहरीले केही बताएको छैन ।सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा पार्कमा ठूलो संख्यामा प्रहरीको उपस्थिति रहेको देख्न सकिन्छ ।

 

लस एन्जलस काउन्टी सेरिफको कार्यालयले एक विज्ञप्तिमा गोली हान्ने व्यक्ति पुरुष भएको बताएको छ ।गोली चलेको मोन्टेरी पार्कको जनसंख्या लगभग ६० हजार रहेको छ र यहाँ एसियाली समुदायहरु बस्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस