आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानकाे एक मस्जिदमा बम विस्फाेट : ज्यान गुमाउनेकाे सङ्ख्या ३२ पुग्यो

एपी खबर २०७९ माघ १६, सोमबार ( ३ साल अघि) २३० पाठक संख्या

एजेन्सी : पाकिस्तानकाे पेशावर सहरमा एक मस्जिदमा बम विस्फाेटमा परेर ज्यान गुमाउनेकाे सङ्ख्या ३२ जना पुगेकाे छ । विस्फाेटमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएकाे छ ।

 

स्थानीय समयअनुसार सोमवार दिउँसो साढे १ बजेतिर मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको विस्फोट भएको हो । ज्यान गुमाउनेमा केही प्रहरीसमेत रहेका छन् ।विस्फाेटका कारण भवनको एउटा भाग ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा पुरिएका अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएकाे छ ।

 

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताउनुभएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

प्रतिक्रिया दिनुहोस