आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानमा डुंगा डुब्दा ज्यान गुमाउने विद्यार्थीको संख्या ५२ पुग्यो

एपी खबर २०७९ माघ १८, बुधबार ( ३ साल अघि) २४८ पाठक संख्या

एजेन्सी : उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुंगा डुब्दा ज्यान गुमाउने विद्यार्थीको संख्या ५२ पुगेको छ।

 

प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन्। ज्यान गुमाएका अधिकांश सात देखि १४ वर्षका स्कूले केटाकेटी हुन्। उनीहरू वनभोज खान बाँध क्षेत्रमा पुगेका थिए।

 

गोताखोरले १६ जनालाई उद्धार गरेका थिए। उद्धारमा देशको जल तथा स्थलसेना परिचालन भएको थियो। हराइरहेका दुई जना विद्यार्थीको अझै खोजी भइरहेको कोहाट जिल्लाका प्रहरी अधिकृत अब्दुल रफुर बाबर कुरेसीले जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस