एजेन्सी : टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म १५ जनाको मृत्यु भएको पुष्टि भएको छ।अहिलेसम्म १५ जनाको शव निकालिएकाे समाचार एजेन्सी एएफपीले जनाएकाे छ।साेमबार बिहान अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ७.८ रेक्टर स्केलको भूकम्प गएकाे हाे।
भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा करिब २४ किलोमिटर मुनि रहेको बताइएको छ।भूकम्पको झड्का राजधानी अंकाराका साथै नूरदगी सहरसहित सिरिया र लेबनामासमेत महशुस गरिएको छ।
कैयौँ मानिसहरू मारिएको बताइएको छ। सरकारले भने आधिकारिक रूपमा मानवीय क्षतिबारे जानकारी दिएको छैन।टर्की सरकारले भूकम्पपछि देशमा आपतकाल घोषणा गरेको छ।











प्रतिक्रिया दिनुहोस