आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भूकम्पपछि टर्कीका १० प्रान्तमा आपतकाल घोषणा

एपी खबर २०७९ माघ २५, बुधबार ( ३ साल अघि) १७३ पाठक संख्या

एजेन्सी । सोमबारको शक्तिशाली भूकम्पका कारण जनधनको क्षति भएपछि टर्की सरकारले १० प्रान्तमा आपतकाल घोषणा गरेको छ । यसअघि सन् २०१६ को जुलाईमा कूको प्रयास गर्दै त्यहाँका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशभर संकटकाल लगाएका थिए ।

 

राष्ट्रपति अर्दोआनले एक टेलिभिजन सन्देश जारी गर्दै देशको दक्षिणी भागका १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गरिएको जनाएका छन् ।सोमबार गएको शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा करिब ७ हजार ८ सय जनाको ज्यान गएको छ । हजारौं घाइते छन् ।

 

यसअघि टर्कीका आन्तरिक मन्त्री सुलेमान शोयलुले भूकम्पले देशका १० सहर काहमानमार्श, हाताय, गाजियन्टेप, उस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिसमा ठूलो प्रभाव पारेको बताएका थिए।

 

समाचार एजेन्सी रोयटर्सका अनुसार तीन महिनाको आपतकालका निर्वाचन अगाडि नै हट्नेछ । टर्कीमा आगामी मे १४ का लागि राष्ट्रपति र संसदीय निर्वाचन मिति घोषणा गरिएको छ ।अर्दोआनले राहत र उद्धार कार्यमा करिब ७० देशले सहयोग गर्न हात अघि बढाएको पनि बताएका छन्

प्रतिक्रिया दिनुहोस